केही दोहोरिए, धेरैजसो नयाँ अनुहार

|

काभ्रे :  नेकपा (एमाले) काभ्रेले स्थानीय तहको प्रमुख र उपप्रमुखको उम्मेदवार टुङ्ग्याएको। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमाले काभ्रेले १३ वटै स्थानीय तहको उम्मेदवारको टुंगो लगाएको हो।

एमालेले धुलिखेल नगरपालिकाको मेयरमा अशोककुमार व्यञ्जु र उप-मेयरमा लालतारा अधिकारी, पनौतीको मेयरमा भीम न्यौपाने र उप-मेयरमा गीता बञ्जारा, बनेपाको मेयरमा रत्नकुश रञ्जितकार र उप-मेयरमा विमला सापकोटा  लाई अगाडि सारेको छ।

मण्डन देउपुरको मेयरमा विदुर सापकोटा र उप-मेयरमा सरिता ढकाल, पाँचखालको मेयरमा कञ्चन अधिकारी र उप-मेयरमा सूर्यमाया दनुवार र नमोबुद्धको मेयरमा राजन भुर्तेल र उप-मेयरमा सम्झना लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

त्यस्तै चौरीदेउरालीको अध्यक्षमा जिताराम लामा र उपाध्यक्षमा बबिता खरेल, भुम्लुको अध्यक्षमा प्रेम लामा र उपाध्यक्षमा कल्पना श्रेष्ठ, बेथानचोकको कमल तिमिल्सना र उपाध्यक्षमा सरला लामिछाने, तेमालको अध्यक्षमा इन्द्र तामाङ र उपाध्यक्षमा सम्तेन लामा र रोशीको अध्यक्षमा देवसागर लामा र उपाध्यक्षमा बबिता बोहरा रहेका छन्।

जिल्लाको विकट क्षेत्र खानीखोला गाउँपालिकाको अध्यक्षमा सेखर लामा र उपाध्यक्षा रुक्मनी गुरुङ, महाभारतको अध्यक्षमा पुर्णबहादुर वाईबा र उपाध्यक्षमा शान्ती तितुङलाई अगाडि बढाउने भएको छ।

एमालेले जिल्लाको १३ वटै स्थानीय तहको प्रमुख र उपप्रमुखसगै १५३ वटाको उम्मेदवार उम्मेदवार टुंगो लागए पनि उम्मेदवारी दर्ता भने सोमबार  मात्रै गर्ने जनाएको छ।

सत्तारुढ गठबन्धनले भने संख्या भागवण्डाको किचालो टुंग्याउन नसक्दा केही स्थानीय तहको बाहेक उम्मेदवार सार्वजानिक गर्न सकेको छैन। गठबन्धन दल मनोयनको दिनमा समेत संख्या भागबण्डामा गिजोलिरहेको हो।

महिला उम्मेदवार उपप्रमुखमै समिति

एमालेले काभ्रेका १३ वटै स्थानीय तहको उम्मेदवार टुंग्याउँदा पालिका प्रमुखमा महिला उम्मेदवारको संख्या शुन्य छन्। कुनै पनि स्थानीय तहको प्रमुखमा महिला उम्मेदवार रहेका छैनन्।

२०७४ मा सम्पन्न निर्वाचनमा झैँ यसपटक पनि काभ्रे एमालेका सबै स्थानीय तहमा महिला उम्मेदवार उपप्रमुखमै सिमित भएका छन्। दाबी गर्ने महिला आकांक्षीहरु धेरै भएपनि पार्टी कमिटीले अन्तिम टुंगो लगाउँदा भने प्रमुखमा नपरेका हुन्।

प्रमुखको दाबी गर्ने एक आकांक्षीले भनिन्, ‘जिल्लाको कुनै एक स्थानीय तहको प्रमुखमा महिला हुनपर्छ भनिएपनि यस्तो हुन सकेन। पार्टी नेतृत्वले महिलालाई नपत्यउँदा यसपटक पनि उपमै चित्ता बुझाउन बाध्य भएँ।’

४ दोहोरिदा २२ जना नयाँ अनुहार

एमाले काभ्रेले स्थानीय तहको उम्मेदवार चयन गर्दा केही पुरानै जनप्रतिनिधि दोहोर्‍याउँदा धेरै जसो नयाँ अनुहारलाई भने अघि सारेका छन्। १३ वटा स्थानीय तहको प्रमुख र उपप्रमुख गरी २६ जना उम्मेदवार मध्ये ४ जना मात्रै पुराना हुन्।

नमोबुद्धको मेयरको उम्मेदवार समेत रहेका एमाले काभ्रेको सचिव राजन भुर्तेलका अुनसार धुलिखेलको मेयरमा ब्याञ्जु, पनौतीको मेयर न्यौपाने र उप-मेयर बञ्जारा, खानीखोलाको उपाध्यक्ष गुरुङबाहेक सबै स्थानीय तहको प्रमुख र उपप्रमुख नयाँ अनुहार रहेका छन्।

काभ्रेको सचिव भुर्तेलले नगरपालिकातर्फ बनेपा, नमोबुद्ध, मण्डनदेउपुर, पाँचखालका सबै उम्मेदवार नयाँ भएको जानकारी दिए। उनले गाउँपालिकातर्फ महाभारत, भुम्लु, रोशी, तेमाल, चारीदेउराली, बेथानचोकको अध्यक्ष र उपाध्यक्ष नयाँ हुन्।

पुनः दोहोरिएकाहरु भने यसअघि पनि सोही पदका जनप्रतिनिधि हो। यस्तैमा खानीखोलाका गुरुङ गाउँपालिकातर्फ यसपटक पनि उम्मेदवारको टिकट पाउने एक्ला जनप्रतिनिधि हुन्।

अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेले जिल्लाका ७ वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख जितेका थिए। एमाले फुटेपछि मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइवा, नमोबुद्ध नगर उपप्रमुख रामदेवी तामाङ र भुम्लु गाउँपालिका उपाध्यक्ष कल्पना श्रेष्ठ एकीकृत समाजवादीमा लागेका छन्। त्यस्तै काभ्रेमा नेपाली कांग्रेस ४ र माओवादी केन्द्र २ स्थानीय तहमा विजयी भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.