भोजपुर : रुखको घाँस काट्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ।
करेन्ट लागेर भोजपुर नगरपालिका–१२ मोरियाका २५ वर्षीय गणेश थापाको सोमबार बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
भोजपुरका रामप्रसाद राई गाउँपालिका–७ आरीखोला घर भई मोरीया बस्ने थापालाई रुखबाट घाँस झार्ने क्रममा बिजुलीको नाङ्गो तारमा रुखको हाँगाले छुँदा करेन्ट लागेर मृत्यु भएको प्रहरीको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।