|

काठमाडौं : भन्सार जाँचपास परीक्षण कार्यालय तीनकुनेका निलम्बित कर्मचारीमाथि भ्रष्टाचारको मुद्दा दर्ता भएको छ। १ करोड रूपैयाँभन्दा बढी रकम गैरकानूनी रुपमा आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित नायब सुब्बा देवीबहादुर थापाविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

उनले सेवा अवधिमा विभिन्न शीर्षकमा ३ करोड ८९ लाख ४५ हजार ५ सय ८८ रूपैयाँ खर्च गरेको देखिएको र उनको वैध आय भने २ करोड १ लाख ९८ हजार ४ सय ३९ रुपैयाँ मात्रै देखिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

उनका अनुसार थापालाई १ करोड ८७ लाख ४७ हजार १ सय ४९ रूपैयाँ बिगो कायम गरी अख्तियारले बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदाबी लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.