|

विराटनगर  :  मोरङको बेलबारी नगरपालिकामा रहेको बेतना सिमसार पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकीय ‘हब’ बन्न थालेको छ।

राजमार्गको छेवैमा जोडिएको बेतना सिमसारमा धरान, सुनसरी, झापा साथै मोरङका विभिन्न स्थानबाट पर्यटनका लागि आउने गर्दछन्। बेतनामा रहेको पोखरीमा  डुंगा चढ्ने साथै सिमसार क्षेत्रमा लोपोन्मुख पानी हाँस, जल कौवा, सरस, चीललगायतका जीवजन्तुले पर्यटकको ध्यान खिचेको गरेको स्थानीयको भनाइ छ।

विशेष गरेर चाडपर्व, नयाँ वर्ष र पिकनिकको समयमा बेतनामा दैनिक एक हजार ५ सयसम्म आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको बेतना सिमसार संरक्षण समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.