|

काठमाडौं : सरकारका पूर्वसचिव केदार न्यौपाने राप्रपामा प्रवेश गरेका छन्। निजामती सेवामा लामो समय बिताएका न्यौपाने भूमि सुधार मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सचिव रहि हालै सेवा निवृत्त भएका थिए।

गृह, स्थानीय विकासजस्ता मन्त्रालयको समेत अनुभव सँगालेका न्यौपानेलाई आज राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको सदस्यता प्रदान गरि राप्रपामा प्रवेश गराएका हुन्। सो अवसरमा राप्रपाका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनी, दिपक बोहरालगायत नेताले न्यौपानेको राप्रपा प्रवेशले पार्टीलाई महत्त्वपूर्ण योगदान पुग्ने बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.