|

सल्यान : सल्यानमा स्थानीय तह निर्वाचनका लागि १ हजार ६ सय ७ जनाले मनोनयन दर्ता गराएका छन्। जिल्लाका १० स्थानीय तहमा ४ सय ३५ पदका लागि १ हजार ६ सय ७ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालय सल्यानले जनाएको छ।

जिल्लाको शारदा नगरपालिकामा २ सय ८५, बागचौरमा २ सय ५६, बनगाड कुपिण्डेमा २ सय १२, दार्मा गाउँपालिकामा १ सय ३८, त्रिवेणी गाउँपालिकामा १ सय २२ जनाको उम्मेदवारी परेको छ।

सिद्ध कुमाख गाउँपालिकामा ८१, छत्रेश्वरीमा १ सय ६५, कुमाख गाउँपालिकामा १ सय १७, कपुरकोटमा १ सय २३ मनोनयन दर्ता भएको निर्वाचन कार्यालय सल्यानका सूचना अधिकारी तेजेन्द्र चन्दले जानकारी दिए। पदभन्दा झन्डै ४ गुणा बढी उम्मेदवारी परेको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.