|

धनकुटा : धनकुटाका विभिन्न स्थानीय तहका तीन वटा वडामा दलित महिला सदस्यको एकल उम्मेदवारी दर्ता भएको छ।

पाख्रीबास नगरपालिका वडा नं. ९, चौबिसे गाउँपालिका वडा नं. ८ र साँगुरीगढी गाउँपालिका वडा नं. ७ मा एक–एक जना मात्र दलित वडा सदस्यको मनोनयन दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए।

पाख्रीबास वडा नं. ९ मा नेपाली कांग्रेसको तर्फबाट दलित महिला वडा सदस्यको रुपमा डम्बरकुमारी दर्जीको  मात्र उम्मेदवारी दर्ता भएको छ।

यस्तै, चौबिसे गाउँपालिका वडा नं. ८ मा नेकपा एमालेबाट मात्र दलित वडा सदस्यको मनोनयन दर्ता छ।

त्यहाँ तारा कुमारी विश्वकर्माको उम्मेदवारी दर्ता भएको हो। साँगुरीगढी गाउँपालिका वडा नं. ९ मा कांग्रेसबाट कुमारी विश्वकर्माको मात्र एकल उम्मेदवारी परेको छ।

ती वडाहरूमा अन्य दलबाट दलित महिला वडा सदस्यको उम्मेदवारी नपरेको जिल्ला निर्वाचन अधिकारी जय राम श्रेष्ठले बताए।

अन्य दलबाट मनोनयन दर्ता नभएपनि उमेदवार विरुद्ध उजुरी गर्ने समयावधिसम्म निर्विरोध घोषणा गर्न नमिल्ने मुख्य निर्वाचन अधिकृत फणिन्द्र प्रसाद पराजुलीको भनाई छ।

बैशाख १६ गतेसम्म उमेदवार विरुद्ध उजुरी गर्ने समयावधि रहेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.