|

धनकुटा : धनकुटाको पाख्रीबास नगरपालिका प्रमुख बृषबहादुर राईले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन्।

नगरप्रमुख राईले मंगलबार बेलुका फेसबुकमा पार्टी परित्याग गरेको स्ट्याटस लेखेपछि सम्पर्क गरेर बुझ्दा आफूले एमाले छाडेको जानकारी दिए। एमालेले पाख्रिबासमा गरेको उम्मेदवार छनोटमा राई असन्तुष्ट रहेको बताइएको छ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा राईको नेतृत्वमा एमालेले नगरपालिकाका सबै ५२ सिट नै जितेको थियो। राईले आफ्नो फेसबुकमा लेखेका छन्‚ ‘मैले आजदेखि नै पार्टीमा नरहने निर्णय गरेँ। दुःख त लागेकै छ तथापि।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.