काठमाडौं : नयाँ नेपाली फिल्म आँधी तुफान २ साउन २० देखि प्रदर्शनमा आउने भएको छ। बिहीबार फिल्मको पोस्टरसहित प्रदर्शन मितिको घोषणा गरिएको हो।
१५ वर्षअघि प्रदर्शनमा आएको नारी प्रधान एक्सन फिल्म आँधी तुफानको सिक्वेलको रूपमा आँधी तुफान २ बनेको हो। सस्पेन्स थ्रिलर जनरामा बनेको फिल्ममा आरती आचार्य, सोनी बिसी र याङशु श्रेष्ठको मुख्य भूमिका रहेको छ। जसको निर्देशन मदन घिमिरेले गरेका हुन्।
मौनता श्रेष्ठको लेखन तथा निर्माण रहेको फिल्ममा रवि गिरी, पुष्कर राउत, सञ्चित भण्डारी, बिन्दिया ठकुरी, रूपा केसी, ऋचा थापा लगायतका कलाकारको अभिनय रहेको छ।
यसअघिको फिल्ममा पूजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामिछाने मुख्य भूमिकामा देखिएका थिए। व्यावसायिक रूपमा सफल भएको उक्त फिल्मको निर्देशन महेन्द्र बुढाथोकीले गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।