|

काठमाडौं :  अफगानिस्तानको एक मस्जिदमा शक्तिशाली विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ। 

विस्फोटमा २० भन्दाबढी घाइते भएका छन्। राजधानी काबुलमा रहेको खलिफा आगा गुलजान मस्जिदमा हिजो प्रार्थनाका क्रममा विस्फोट भएको सरकारी अधिकारीहरूले जनाएका छन्। अफगानिस्तानमा अघिल्लो शुक्रबार पनि विस्फोटन हुँदा मानवीय क्षति भएको थियो। 

त्यहाँ पछिल्लो समय विस्फोटका घटना बढेको त्यहाँका अधिकारीले जनाएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.