|

काठमाडौं : काठमाडौं कोटेश्वरमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

कोटेश्वरका भाटभटेनी नजिक भएको दुर्घटनामा चालक काभ्रपलाञ्चोक उग्रतारा ७ बस्ने २२ वर्षिय सचिन श्रेष्ठको मृत्यु भएको ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ। उनको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचारको क्रममा गएराति सवा १० बजे मृत्यु भएको हो। 

गएराति करिब १० बजे बालकुमारीबाट कोटेश्वर तर्फ आउँदै गरेको प्रदेश ३–०२ ००५ प ५८७७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकको नालीमा खसेको ट्राफिक प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.