|

रुकुम (पूर्व) : हावाहुरी र वर्षाले रुकुमपूर्वको विभिन्न ठाउँमा क्षति पु¥याएको छ। घर, विद्यालय, प्रहरी चौकी र स्वास्थ्य चौकीको पर्खाल भत्काउनुका साथै छानो उडाएको छ।

शुक्रबार गएराति तिब्र  हावाहुरीले जिल्लाको विभिन्न ठाउँमा क्षति पुर्‍याएको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए। कुन ठाउँमा के कति क्षति भयो भन्नेबारे भने यकिन भइनसकेको डाँगीले बताए। 

विभिन्न ठाउँबाट घर, विद्यालय, स्वास्थ्य चौकी र प्रहरी चौकीमा हावाहुरीले क्षति पुर्‍याएको विवरण जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरीले क्षतिको मुचुल्का लिने काम भइरहेको डीएसपी डाँगीको भनाइ रहेको छ।

हालसम्म जानकारी आए अनुसार पुथाउत्तरगंगा गाउँपालिका–१२ गोल्खाडाका तेजबहादुर पुनको घर तीन तले जस्तापातको छानो उडाएको छ। घरको छानो हावाहुरीले उडाएपछि अनुमानित २ लाख रुपैयाँ बराबरको क्षति भएको पुनले बताए।

यसैगरी पुथाउत्तरगंगा–५ स्थित स्वास्थ्य चौकी हुकामको छानो उडाएको छ। स्वास्थ्य चौकी हुकामका इञ्चार्ज प्रेमप्रकाश केसीकाअनुसार स्वास्थ्य चौकी भवनको जस्तापाता छानो उडाएको छ। छानोमा क्षति पुर्‍याउनका साथै पानी तातोचिसो गराउने उपकरण पनि फुटेको केसीले बताए।

क्षतिको विवरण संकलनका लागि वडाध्यक्ष र प्रहरी चौकीलाई खबर गरिएको केसीले जानकारी दिए। यस्तै पुथाउत्तरगंगा–१० मा रहेको इलाका प्रहरी चौकी कार्यालय तकसेराको छानो पनि हावाहुरीले छानो उडाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.