चुनाव चिन्ह पाएसँगै प्रचारप्रसारमा होमिए पौडेल
चुनाव चिन्ह पाएसँगै प्रचारप्रसारमा होमिए पौडेल
काठमाडौं : चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले भुइँकटहर चुनाव चिन्ह प्राप्त गरेका छन्।
निर्वाचन अधिकृतको कार्यालयले आफूलाई भुइँकटहर चुनाव चिन्ह प्रदान गरेको पौडेलले थाहाखबरलाई जानकारी दिए। चुनाव चिन्ह प्राप्त गरेसँगै अब चुनावी प्रचारप्रसारमा होमिने उनको भनाइ छ।
सत्ता गठबन्धनबीच भागबण्डा गर्दा यसपटक पनि भरतपुर महानगरको मेयर माओवादी केन्द्रलाई दिने निर्णय भएपछि उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।
उनले आफू कांग्रेस जोगाउनका लागि उम्मेदवारी दिएको भन्दै भुइँकटहरलाई रूख चिन्ह मानेर अघि बढ्ने बताए।
सत्तारूढ गठबन्धनको निर्णयविपरीत उम्मेदवारी दिएको भन्दै फिर्ता लिन चौतर्फी दबाब दिए पनि उनी आफ्नो अडानमा कायम रहेका थिए।
पार्टीको निर्णय नमानेको भन्दै उनले नेपाली कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिसकेको छ।
भरतपुरमा यस्तो हुनेछ नमुना मतपत्र :
तपाईंको ईमेल गोप्य राखिनेछ ।