|
फोटो :नेपाल प्रहरीको फेसबुकबाट

काठमाडौं : अनिवार्य अवकाशबाट निवृत्त प्रहरी महानिरीक्षकसहित १९ जनाको आज बिदाइ​ गरिएको छ। 

२८औं प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई गृहमन्त्री बालकृष्ण खाँणले बिदाइ गरेका हुन्। आइतबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री खाँणले क्षेत्रीलाई बिदाइ गर्दै मायाको चिनो प्रदान गरे।

गृहमन्त्री खाँणले सेवा निवृत्तपछिको व्यावसायिक जीवनको उत्तरोत्तर प्रगतिको पनि कामना गर्दै कोभिड–१९ को विषम परिस्थितिमा संक्रमण रोकथाम तथा नियन्त्रण एवम् आम नागरिकको सुरक्षाको लागि अंग्रपक्तिमा रहेको नेपाल प्रहरीले उत्कृष्ट भूमिका निर्वाह गरेको स्मरण गरेका थिए। 

३० वर्षे सेवा अवधि पूरा गरी अवकाश पाउन लागेका प्रहरी महानिरीक्षक क्षेत्रीसहित प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षक तथा प्रहरी वरिष्ठ उपरीक्षकहरु १९ जनालाई आइतबार प्रहरी प्रधान कार्यलयमा विशेष समारोह गर्दै बिदाइ गरिएको छ।

उनीहरूलाई नवनियुक्त प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले औपचारिक रुपमा बिदाइ गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.