|

काठमाडौं : नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक (आईजीपी)ले दर्ज्यानी चिह्न लगाएका छन् 

सोमबार बिहान सिंहदरबारमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्रका महानिरीक्षक पुष्पराम केसीले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाएसँगै सरकारले उनीहरूलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो। 

आइतबारको आइतबारको मन्त्रिपरिषद बैठकले सिंह र अर्याललाई महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.