|

विराटनगर : नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले हवाई फायर गरेका छन्। विराटनगर–१८ इस्लामपुरमा भारतीय सशस्त्र बल एसएसबीले तीन राउण्ड हवाई फायर गरेको स्थानीयले बताएका छन्।

आज (सोमबार) २ बजे सुरक्षा गस्तीमा खटिएका भारतीय एसएसबीले २ राउण्ड जमिनमा र एक राउण्ड आकाशतिर हवाई फायर गरेको विराटनगर-१८ का इस्लामपुरका स्थानीय सुरज मण्डलले जानकारी दिए।

उनका अनुसार ती एसएसबीले मदिरा सेवन गरेका थिए। ‘होहल्ला गरेपछि स्थानीयले उनलाई घेराउ गरेका थिए। स्थानीयको भीड बढेपछि आफ्नो सुरक्षाको लागि भन्दै हवाई फायर गरेको हुनसक्छ,’ सीमा क्षेत्रमा खटिएका एक नेपाली सुरक्षाकर्मीले भने। हवाई फायरबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले दशगजा क्षेत्रमा गोली चलेको पुष्टी गरेका छन्। ‘गोली चलेको नेपालतिर होइन भारतीय क्षेत्रमा हो,’ एसपी कोइरालाले भने, ‘के विषयमा चलेको रहेछ। हामीले पनि बुझने काम गरिरहेका छौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.