|

काठमाडौं : पाँच दलीय गठबन्धन आसन्न स्थानीय तहको निर्वाचनमा चितवनको भरतपुर महानगरमा केन्द्रित भएको छ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु गठबन्धनको साझा उम्मेदवार बनेसँगै सबैको ध्यान भरतपुर महानगरमा केन्द्रित भएको हो। 

रेनुलाई भोट माग्न प्रचण्डसहित गठबन्धनका शीर्ष नेता भरतपुर जाने भएका छन्।

वैशाख २२ गते (बिहीबार) भरतपुरमा हुने जनसभालाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने तय भएको छ। 

यस्तै, सभालाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य शेखर कोइराला, जसपा र राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेताहरूले सम्बोधन गर्नेछन्। 

भरतपुर महानगरको मेयरमा रेनु मैदान उत्रँदैगर्दा उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन्। गठबन्धनको निर्णयविपरीत कांग्रेस नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएपछि गठबन्धनको ध्यान चितवनमै केन्द्रीत भएको हो। 

भरतपुर महानगरमा एमालेले विजय सुवेदीलाई अगाडि सारेको छ। गठबन्धनमा साझा उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेपछि एमाले जित्ने दाबी गरिरहेको छ। एमालेले भरतपुरमा राप्रपा र राप्रपा नेपालसँग तालमेल गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.