|

काठमाडौं : नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्ध परेको रिटको पहिलो सुनुवाइ आज हुँदै छ। 

कनिष्ठलाई बढुवा गरेको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट हालेका थिए। सो रिटको प्रारम्भिक सुनुवाइ आज हुन लागेको हो। 

गत सोमबार पोखरेलले आईजीपीमा धीरजप्रताप सिंहको नियुक्तिविरुद्ध रिट दायर गरेका थिए। उनले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा आफू अगाडि रहेकाले सिंहको नियुक्ति कानुनविपरीत रहेको उल्लेख गरेका छन्।

पोखरेल सिंहभन्दा १६ महिना पहिले एआईजी भएका थिए। आइतबारको मन्त्रिपरिषद् बैठकले वरिष्ठ एआईजीलाई पाखा लगाउँदै कनिष्ठ एआईजी सिहंलाई आईजीपी नियुक्त गरेको थियो। असन्तुष्ट अर्का एआईजी सहकुलबहादुर थापा भने काममा फर्किएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.