|

काठमाडौं : निर्वाचन आयोगले सामाजिक सञ्जालमा आएका भ्रामक सूचनाबारे गुनासो टिपाउन आग्रह गरेको छ।

आयोगले आज (बुधबार) एक सूचना निकालेर भ्रामक तथा सम्प्रेषण भएका मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्तिसम्बन्धी गुनासो अनलाइनमार्फत टिपाउन सक्ने जनाएको छ।

मतदानको दिन नजिकिँदै गर्दा सामाजिक सञ्जालहरूमा विभिन्न भ्रामक समाचार तथा झूटा सूचनाहरू आउन थालेपछि आयोगले अनलाइनबाटै गुनासो टिपाउन सकिने व्यवस्था गरेको हो।

सामाजिक सञ्जालमा आएका मिथ्या सूचना वा कुनै पनि चुनावी आचारसंहिता विपरीतका पोस्ट आएमा सम्बन्धित पोस्टको लिंकसहित आयोगको इमेल ठेगाना [email protected] मा उजुरी/गुनासो पठाउन सकिने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.