|

काठमाडौं : शुक्रबार प्रदर्शनमा आउन लागेको नेपाली फिल्म 'षटकोण'को शीर्ष गीत सार्वजनिक भएको छ। विराज गौतम र विशेष पाण्डेको शब्द, संगीत तथा विराज पौडेलकै स्वरमा रहेको गीत बुधबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। 

शिशिर लिम्बु वनेमको लेखन, मिलन डि काप्रीको निर्देशन तथा विराज कदरियाको निर्माण रहेको फिल्म क्राइम थ्रिलर जनरामा बनेको छ। फिल्ममा कर्मा, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयसा अधिकारी, विराज कदरिया, शिशिर लिम्बुलगायत कलाकारको मुख्य भूमिका रहेको छ। 

नेपालमा क्राइम थ्रिलर जनरामा अत्यन्त थोरै फिल्म बन्ने गर्छन्। यस विधाका फिल्मले अन्य विधामा बनेका फिल्मको तुलनामा व्यावसायिक सफलता पनि पाउन सकेका छैनन्। यस्तोमा 'षटकोण'को प्रदर्शनलाई चासोको रुपमा हेरिएको छ। 

यसअघि सार्वजनिक भएका फिल्मको टिजर तथा ट्रेलरलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.