|

बैतडी : यही वैशाख ३० गते हुने स्थानीय तहको  निर्वाचनका लागि बैतडीमा मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका छन्। जिल्लाका २ सय ५ ओटा मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका हुन्।

मुख्य निर्वाचन अधिकृत तिलबहादुर कार्कीका अनुसार सबै  मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतसँगै सहायक कर्मचारीहरु समेत तोकिएका छन्।

तोकिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई यही वैशाख २३ र २४ गते जिल्ला सदरमुकाममा तालिम दिइने र त्यसपछि  नियुक्ति दिएर कार्यस्थलमा खटाइने जनाइएको छ।

निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र लगायतका सामग्री जिल्ला पुगिसकेका  निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन सुरक्षाका लागि चारवटै सुरक्षा निकाय पनि स्थानीय तहमा परिचालन गरिएका छन्।

यसका साथै निर्वाचनका लागि विभिन्न पदमा गरी १ हजार ४ सय भन्दा बढी उम्मेदवार चुनावी मैदानमा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.