|

जनकपुरधाम : धनुषामा स्थानीय तह निर्वाचनका एक उमेदवारको बुवामाथिल सांघातिक हमला भएको छ। 

नेकपा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्ष पदमा उमेदवारी दिएका सर्वदेव यादवका बुवा ७० वर्षीय चन्द्रनारायण यादवमाथि बुधबार राति धारिलो हतियार प्रहार गरिएको हो। 

गम्भीर घाइते भएका यादवको अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ। वडाध्यक्षका उमेदवार सर्वदेवलाई आक्रमण गर्न गएको अज्ञात समूहले ढोका फोड्न नसकी बाहिरै बरन्डामा सुतेका उनका बुवालाई आक्रमण गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

घाइते यादवको शरीरका विभिन्न भागमा खुकुरी र चक्कु प्रहार गरिएको उनका नाति सुरेन्द्र यादवले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.