|

रुकुम (पूर्व) : वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि रुकुम पूर्वमा नमुना मतदान गरिएको छ। आज शुक्रबार सिस्ने गाउँपालिका–६ मा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालय छिप्रिदहमा जिल्ला निर्वाचन कार्यालयले नमुना मतदान गराएको हो।

मतदानका सम्पूर्ण प्रक्रिया पूरा गरेर मतदान गराइएको थियो। नमुना मतदानमा महिला/पुरुष गरी २२ जना सहभागी थिए। सही तरिकाले मतदान होस् भन्ने सन्देश प्रवाह गर्न नमुना मतदान गराइएको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले बताए। मतदान सही होस्, मत बदर नहोस् भन्ने उद्देश्यले नमुना मतदान गरिएको ओलीको भनाइ छ।

साथै मतदानका क्रममा महिला, पुरुषले लाग्ने लाइन तथा अशक्त व्यक्ति, ज्येष्ठ नागरिकलाई मतदान गर्नमा कानुनले दिएको सहायता सम्बन्धी नमुना पनि देखाइएको छ। मतपत्र लिने, मतदान गर्ने, मतपत्र पट्याउनेदेखि बाकसमा खसाउने र मत गणनासम्मको प्रक्रियाबारे सिकाइएको थियो। 

नमुना मतदान कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, मतदान अधिकृत, सहायक मतदान अधिकृत, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.