|

काठमाडौं : सत्तारुढ गठबन्धनमा आबद्ध पाँच दलले काठमाडौंमा संयुक्त चुनावी सभा गरेको छ। स्थानीय तह निर्वाचनलक्षित सभामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व-प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहितका शीर्ष नेताहरू उपस्थित छन्।

सभामा काठामाडौं महानगरका मेयरका प्रत्याशी सिर्जना सिंहले जानकारी सम्बोधन गरिसकेकी छन्। सभामा गठबन्धनमा आबद्ध शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम जारी छ। 

गठबन्धनको पहिलो संयुक्त चुनावी सभामा बिहीबार चितवनको भरतपुरमा सम्पन्न भएको थियो।

स्थानीय निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले आ-आफ्नो अनुकूलताअनुसार गठबन्धन गरेका छन्। त्यस्तै, अर्कातिर नेकपा एमाले र राप्रपा नेपालबीच गठबन्धन रहेको छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.