|

एजेन्सी : बेलायती अर्थमन्त्री ऋषि सुनकले युक्रेनका लागि १ अर्ब ३० करोड पाउण्ड ( १ खर्ब ९६ अर्ब  ८९ करोड) को अतिरिक्त कोष प्याकेज प्रदान गर्न लागेको जानकारी दिएको  द सन्डे टाइम्सले उल्लेख गरेको छ।

यो रकम ट्रेजरीको आपत्‌कालीन कोषबाट लिइनेछ र युक्रेनलाई बेलायतको विद्यमान १.५ बिलियन पाउन्ड सहयोगको अतिरिक्त प्रदान गरिने जनाइएको छ।

बेलायतका रक्षामन्त्री बेन वालेस र विदेशमन्त्री लिज ट्रसको दबाबपछि सुनकले थप सहायताको पुष्टि गरेको द सन्डे टाइम्सले जनाएको छ।​

दोनेत्स्क र लुहान्स्क जनवादी गणतन्त्र (डीपीआर र एलपीआर) ले युक्रेनी उत्तेजनाविरुद्ध आफ्नो रक्षा गर्न मद्दतका लागि अपील गरेपछि रूसले गत फेब्रुअरी २४ मा युक्रेनमा आफ्नो विशेष सैन्य अपरेशन शुरु गरेको हो। रूसले आफ्नो विशेष अपरेशनको उद्देश्य युक्रेनलाई निरस्त्रीकरण  गर्नु रहेको बताएको छ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार दोनबासका जनतालाई जोगाउने लक्ष्य रहेको छ, "जो आठ वर्षदेखि उक्रेन शासनद्वारा दुर्व्यवहार र नरसंहारको शिकार भएका छन्।" रुसको कारवाहीको जवाफमा पश्चिमी देशहरूले मस्को विरुद्ध व्यापक प्रतिबन्ध अभियान चलाएका छन् र युक्रेनलाई हतियार आपूर्ति गरिरहेका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.