|

गत वर्ष कोरोना महामारीका वेला संयुक्त राज्य अमेरिकाको लस एन्जलसमा हरेक दिन घरविहीन मानिसले सडकमा ज्यान गुमाए। घरविहीन मानिसहरूबारे गरिएको एक अध्ययनका अनुसार अमेरिकाका शहरमा घरबारविहीन मानिसको मृत्युलाई संकटका रुपमा अर्थ्याएको छ।

अध्ययन प्रतिवेदनको सह–लेखिका मारिया रेवानका अनुसार सन् २०२१ को आँकडा हेर्दा सडकमा २ सय ८७ जना घरविहीन मानिसहरूले अन्तिम सास फेरेका थिए। तीमध्ये व्यस्त सडकमा २४ जना र सडकछेउमा ७२ जना मृत भेटिएका थिए। अमेरिकी शहरहरूमा घरविहीन हुनुको मुख्य कारण कोरोना अवधिमा घरको मूल्यवृद्धि रहेको बताइएको छ।

मृत्यु हुनेहरू विशेष गरेर ५० देखि ६० वर्ष उमेर समूहका सर्वसाधारण रहेका थिए। घरविहीन व्यक्तिका लागि प्रशासनले ध्यान  दिन नसकेको उक्त अध्ययनले देखाएको छ। अमेरिकाका अस्टिन, डेन्भर, नाशभिल, साल्ट लेक सिटी, सान फ्रान्सिस्को जस्ता शहरमा घरविहीन मानिसहरूको मृत्युको संख्या ह्वात्तै बढेको हो। लस एन्जलसमा सन् २०१५ देखि २०२० सम्म घरविहीन मानिसहरूको मृत्युदरमा २ सय प्रतिशत वृद्धि देखिएको छ।

मृत्युको मुख्य कारण भने अधिक मद्यपान, गम्भीर रुघाखोकी र मुटुसम्बन्धी रोग रहेका छन्।

दैनिक २०७ जनालाई घर दिने, २२७ जना घरविहीन हुने

क्यालिफोर्निया प्रदेश सरकारले गत वर्ष ९२ हजार १ सय ६० करोड रुपैयाँ घरविहीन जनताको विकासमा खर्च गरेको थियो। लस एन्जलसमा सन् २०१७ यता ७८ हजार घरविहीनहरू बसोबास गर्छन्। यसका बाबजुद सरकारले घरविहीनको संख्या पत्ता लगाउन कठिन भएको बताएको छ। सरकारले  हरेक दिन २ सय ७ जना घरविहीनलाई घर दिँदै आएको छ भने दैनिक २ सय २७ जना घरविहीन भइरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.