|
फाइल तस्वीर

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले वैशाख ३० गते हुने मतदानको सुरक्षा मध्यनजर गर्दै २० गते मध्यरातदेखि मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ।

स्थानीय चुनावको मौन अवधि शुरु भएदेखि मतदान नसकिउन्जेलसम्म देशभरि नै मदिराजन्य पदार्थ बिक्री वितरण बन्द गरिनेछ।

जिप्रकाले आइतबार एक सूचना जारी गरेर मतदानको दिन अत्यावश्यक र अनुमति लिएका सवारीबाहेकका सवारीसाधन बिहान ६ बजेदेखि मतदान सम्पन्न नभएसम्म सञ्चालन नगर्न समेत भनेको छ। सूचनाविपरीतका गतिविधि गरेको पाइएमा कारबाही गर्ने चेतावनीसमेत काठमाडौं प्रशासनले दिएको छ।​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.