|

काठमाडौं : नेपाल र जिम्बावे ‘ए’ बीचको तेस्रो एक दिवसीय क्रिकेट सोमबार हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यी दुई टोलीबीचको खेल बिहान साढे ९ बजे शुरु हुनेछ। 

एक दिवसीयअन्तर्गत यसअघिका दुईमध्ये एक–एक खेलमा जित निकालेका दुवै टोली दोस्रो जितसहित सिरिज आफ्नो हातमा पार्ने लक्ष्यमा मैदानमा उत्रिँदैछन्। 
शनिबार भएको खेलमा नेपालले जिम्बावे ‘ए’ लाई ९ विकेटले पराजित गरेको थियो। त्यसअघिको खेलमा जिम्बावे ‘ए’ले नेपालविरुद्ध ३ विकेटको जित निकालेको थियो। 

एक दिवसीयअघि नेपाल र जिम्बावे ‘ए’ बीच भएको तीन खेलको टी–ट्वेन्टी सिरिज एक–एकको बराबरीमा सकिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.