|

काठमाडौं : नेपाली बजारमा सुन चाँदीको भाउ घटेको छ। 

मंगलबार सुन तोलामा ७ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएको छ।  आज सुन तोलाको ९८ हजार कायम भएको छ। यस अघि सोमबार सुन तोलाको ९८ हजार ७ सयमा कारोबार भएको थियो।

त्यस्तै तेजावी सुन तोलाको ९७ हजार ५ सय निर्धारण महासंघले जनाएको छ। 

त्यस्तै चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.