|

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्स प्ले अफमा प्रवेश गरेको छ।  गएराति पुनेमा लखनऊ सुपर जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरात प्ले अफमा पुग्ने लिगको पहिलो टिम बनेको हो। 

गुजरात अंकतालिमा शीर्ष स्थानमा पनि उक्लिएको छ। गुजरातले दिएको १४५ रनको लक्ष्य पछ्याएको लखनऊ १३.५ ओभरमा अलआउट हुँदै ८२ रनमा समेटियो। लखनऊका दिपक होडाले २७ र क्विन्टन डिककले ११ रन जोडे। गुजरातका राशिदखानले ४ तथा यशड्यालर साई किशोरले २\२ विकेट लिए।

पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १४४ रन बनाएको थियो। गुजरातका शुबमन गिलले अविजित रहदै ६३ रनको अर्धशतकीय इनिङ खेले। डेभिड मिल्लरले २६ र राहुल टेवाटियाले अविजित २२ रन बनाए।

जितसँगै गुजरात १२ खेलमा १८ अंकका साथ पहिलो स्थानमा उक्लिँदा लखनऊ १२ खेलमा १६ अंक बनाएर दोस्रो स्थानमा झरेको छ।  


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.