|
फाइल तस्वीर

रुकुम (पूर्व) : सिस्ने गाउँपालिका–२ मा रहेको स्थानीय लघु जलविद्युत् एक महिनादेखि अवरुद्ध हुँदा उपभोक्ता मर्कामा परेका छन्। सिस्ने–२ मा रहेको तुबाङ खोला लघु जलविद्युत् एक महिनादेखि अवरुद्ध हुँदा उपभोक्ता मर्कामा परेका हुन्। 

३३ किलोवाट क्षमतामा रहेको तुबाङ खोला लघु जलविद्युत् अवरुद्ध भएको एक महिना बितिसकेको छ। विद्युत् अवरुद्ध भएको एक महिना बित्दासमेत मर्मत नहुँदा वडावासी मर्कामा परेका छन्। पावर हाउसमा विद्युत् उत्पादन गर्ने जेनरेटर जलेपछि विद्युत् अवरुद्ध भएको विद्युत् अपरेटर हर्कबहादुर झाँक्री मगरले बताए।

जेनरेटर जलेपछि नयाँ जेनरेटर खरिद गर्न आर्थिक समस्या भएपछि लामो समयदेखि विद्युत् अवरुद्ध भएको मगरले जानकारी दिए। 

हालै मात्र वडाको पहलमा नयाँ जेनरेटर खरिद गर्न लागिएको झाँक्रीको भनाइ छ। नयाँ जेनरेटर अहिले ल्याउँदै गरेकाले अबको २/३ दिनमै विद्युत् आपूर्ति सहज हुने उनले जानकारी दिए। विद्युत् अवरुद्ध भएपछि विगत एक महिनादेखि वडाका साढे ४ सय घरधुरी अन्धकारमा बस्न बाध्य छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.