|

इंग्लिस प्रिमियर लिगमा चेल्सीले तीन खेलपछि जित निकालेको छ। बुधबार राति भएको खेलमा १० खेलाडीमा सीमित लिड्स युनाइटेडलाई ३–० ले पराजित गर्दै चेल्सीले शर्ष चारमा पकड कायम राखेको छ। 

चेल्सीको जितमा मासन माउन्ट, क्रिस्टियन पुलिसिस र रोमेलु लुकाकुले समान १–१ गोल गरे। लिड्सको घरेलु मैदान एलान्ड रोडमा भएको खेलमा चौथो मिनेटमा रिस जेम्सको पासमा मासन माउन्टको गोलबाट चेल्सीले सुरुवाती अग्रता लिएको थियो।

तर पहिलो हाफमा नै १० खेलाडीमा सिमित हुने क्रममा २४औं मिनेटमा घरेलु टोली लिड्सका ड्यानियल जेम्स सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए। पहिलो हाफमा १(० को अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा थप दुई गोल गर्‍यो।

५५औँ मिनेटमा क्रिस्टियन पुलिसिसले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाउँदा ८३औँ मिनेटमा रोमेलु लुकाकुले सानदार गोल गरेका थिए। उनले हाकिम जियाचको पासलाई शानदार कन्ट्रोल गर्दै गोल गरेका थिए। जितसँगै तेस्रो स्थानमा रहेको चेल्सीले ३६ खेलबाट ७० अंक बनाएको छ। 

एक खेल कम खेलेको आर्सनलको ६६ अंक छ। पराजित लिड्सलाई रेलिगेसन दबाब बढेको छ। लिड्स ३४ अंक जोडेर १८औँ स्थानमा रहेको छ।

प्रिमियर लिगकै अर्को खेलमा लेस्टर सिटीले नर्विच सिटीलाई ३० ले पराजित गर्दा वाट्फोर्ड र एभर्टनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.