|

धनगढी : कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ। 

बिहीबार डोटीको पूर्वी चौकी गाउँपालिका–४ सानागाउँमा सुपप्र ०१–००१ ख ३१०८ नम्बरको बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा बसमा सवार ३० जना घाइते भएका छन्। उनीहरुमध्ये सामान्य घाइते भएकाहरुको स्थानीय क्लिनिकमा र अन्यको जिल्ला अस्पताल डोटीमा उपचार भैरहेको प्रहरीले जनाएको छ। चालक र सहचालक भने फरार छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.