|

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले शान्तिपूर्ण वातावरणमा मतदान गर्नेदेखि मतगणना नसकिञ्जेल सम्मको लागि कडा सुरक्षा व्यवस्था तयार पारेको जानकारी दिएका छन्। सबै क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको पनि उनले जानकारी दिए।

‘सकेसम्म शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्था तयार पारेका छौँ,२०७४ मा भएको निर्वाचन क्रियाकलापबाट पनि हामी सतर्क रहेका छौँ,’उनले भने। उनले काठमाडौंभित्रको मतदान केन्द्रमा घुम्ती सुरक्षाको टोली पनि परिचालन गर्ने जानकारी दिए।

उनले भने,‘चारवटा सुरक्षा निकायबाट परिचालन गरिएको छ,मतगणना सकिएपछि पनि मतपत्र सुरक्षित ढंगले मतगणना स्थानमा ल्याइने छ,’उनले भने।
उनका अनुसार मतगणना भोलि बेलुकाबाट नै थालिने छ। सहमति नभएको ठाउँमा भने शनिबार बिहानबाट मतगणना सुरु गरिने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.