|

सुनसरी : बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका ७ पालिकामा लागू गरेको निषेधाज्ञालाई परिमार्जन गरेर पूरै जिल्लाभरि नै लागू गरेको छ।

बिहीबार साँझ ७ बजेतिर अर्को आदेश (विज्ञप्ति) जारी गरी प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्लाका सम्पूर्ण ठाउँमा बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म आवतजावतमा कडाइ गरिएको जानकारी दिएका छन्।

शुक्रबार हुने स्थानीय तहको आवधिक निर्वाचन २०७९ को मतदानलाई स्वच्छ, मर्यादित, भयरहित र निष्पक्ष बनाउने तथा अस्वस्थ प्रतिष्पर्धा र निर्वाचन आचारसंहिता विपरीतका गतिविधि हुनबाट रोक्न जिल्लाभरि नै निषेधाज्ञा लागू गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

निषेधाज्ञा लागू भएपछि मानवीय गतिविधिसँगै अन्य सम्पूर्ण गतिविधि निषेध गरिएको प्रजिअ यादवले जानकारी दिए। प्रशासनले जारी गरेको निषेधाज्ञा पालना गराउन स्थानीयको महत्वपूर्ण हात हुने भएकाले आदेश प्रतिकूल गतिविधि भए जानकारी गराउन उनले अनुरोध गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.