|

काठमाडौं : निर्वाचन आयोगले मतदानको दिन मतदातालाई मतदान गर्न वञ्चित गराउने झूटा अफवाह नफैलाउन आग्रह गरेको छ।  आयोगले मतदानका दिन पालना गर्नुपर्ने आचरणका सम्बन्धमा पुनः स्मरण गराएको हो।

आयोगले बिहीबार एक विज्ञप्ती निकालेर शुक्रबार मतदानका दिन कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने गरी एकै किसिमको सांकेतिक पोशाक लगाउन नहुने स्मरण गराएको छ।

यस्तै, राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिन्ह वा मत संकेत भएको पहिरन वा व्याज लगाउन, बस्तु बोक्न वा देखाउन नहुने र कुनै किसिमका सवारी साधन प्रयोग गरी आवत जावत गरी कसैलाई लैजान वा ल्याउन नहुने तथा मतदाता र आयोगले अनुमति दिएका व्यक्ति बाहेक कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न नहुने व्यवस्था रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। 

उनका अनुसार मतदाताहरूले मतदान केन्द्रमा मतदान गर्न जाँदा मोवाइल, क्यामेरा तथा फोटो खिच्ने सामग्री निषेध गरिएको छ।  आयोगले मतदान स्थल तथा मतदान केन्द्रहरुमा पालना गर्नुपर्ने व्यवस्था कडाईका साथ कार्यन्वयन गराउन मतदान अधिकृत लगायत मतदान कर्मचारीहरुलाई  निर्देशन दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.