काठमाडौं : मालीका बम विष्फोटमा चार सैनिकको मृत्यु भएको छ।
मालीको सशस्त्र बलका अनुसार बुधबार विष्फोट भएको हो। जसमा चार जनाको मृत्यु भएको र एक जना घाइते भएका थिए।
सोमबार मध्य मालीको डिओनडियोरीमा सशस्त्र आतङ्कवादी समूह (जीएटी) द्वारा गोलाबारीबाट दुई बालबालिकाको मृत्यु भएको र अन्य चार जना घाइते भएका थिए।
मालीले सन् २०१२ देखि सुरक्षा, राजनीतिक र आर्थिक सङ्कटको सामना गरिरहेको छ, विद्रोह, जिहादी आक्रमण र अन्तर(समुदायिक हिंसाले पश्चिम अफ्रिकी देशमा हजारौंको हत्या र सयौं हजारौंलाई विस्थापित गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।