|
फाइल फोटो

काठमाडौं :आज बिहान देशका अधिकांश स्थानहरुमा मौसम सफा छ । हुम्ला,जुम्ला डोल्पालगायतका जिल्लाहरुमा विहान छिटफुट वर्षा भए पनि अन्य स्थानहरुमा घाम लागेको मौसमविद् बरुण पौडेलले जानकारी दिए ।

यसअघि मौसम पूर्वानुमान महाशाखाले आज हुने मतदानलाई मौसमले प्रभावित पार्न सक्ने आकलन गरेको थियो । तर मौसमविद् पौडेलले मतदान प्रभावित हुने खालको वर्षाको सम्भावना नरहेको बताए ।

उनका अनुसार दिउँसो केही स्थानहरुमा मात्रै छिटफुट वर्षाको सम्भावना छ । आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २२ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.