|

काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मतदान गरेका छन् । अध्यक्ष तिमिल्सिनाले गृह जिल्ला पर्वतको मोदी गाउँपालिका वडा नम्बर–७ राम्जाको पशुपति मावि केन्द्रबाट मतदान गरेका हुन्।

स्थानीय तहको निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना दुई दिनअघि नै पर्वत पुगेका थिए।

सात स्थानीय तहका ६१ वडा रहेको पर्वतका सबै मतदान केन्द्रमा मतदान बिहान ७ बजेदेखि मतदान सुरु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.