|

झापा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मतदान गरेका छन्। 

अध्यक्ष लिङदेनले हल्दिबारी गाउँपालिका १ स्थित वडा कार्यालय गोलधाप (ख) मतदान केन्द्रमा बिहान ८ः४५ मा मतदान गरेका हुन्। 

मतदानपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै लिङ्देनले देशभर राप्रपाले उत्साहजनक मत परिणाम प्राप्त गर्ने बताए। ‘जिल्लाका १५ पालिकामा अघिल्लो निर्वाचनभन्दा राम्रो परिणाम आउनेमा विश्वस्त छु’, उनले भने।

हल्दिबारी गाउँपालिकामा राप्रपाबाट अध्यक्षमा उनका भाइ रवीन्द्र लिङ्देन उठेका छन्।   


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.