|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं महानगरपालिकामा मेयरमा उम्मेदवार मदनदान श्रेष्ठले डिल्लीबजार, पद्यकन्या विद्याश्रम माध्यामिक विद्यालयबाट मतदान गरेका छ्न। उम्मेदवार श्रेष्ठले बिहान ७ः१५ बजे मतदान स्थलबाट मतदान गरेका हुन्। 

स्थानीय तह निर्वाचन २०७९ आज देशभर मतदान जारी छ। मतदानका लागि विभिन्न मतदान केन्द्रमा मतदाताहरुको उल्लेख्य उपस्थिति रहेको छ। काठमाडौं महानगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी नेतृ सिर्जना सिंह, नेकपा एमालेबाट नेता केशव स्थापित र राप्रपाबाट श्रेष्ठले उम्मेदवारी दिएका थिए। 

त्यस्तै, स्वतन्त्र उम्मेदवारको रुपमा ¥यापर बालेन साह पनि मेयरको उम्मेदवार रहेका छ्न। कामनपामा यी ४ प्रतिष्पर्धीलाई महत्वपूर्ण रुपमा हेरिएको छ। सबैले प्रतिष्पर्धीहरुले महानगरमा आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.