|

कास्की :  स्थानीय तह निर्वाचनका लागि देशभर अहिले मतदान जारी छ। यसैबीच पोखरा महानगरपालिकाका मेयरका प्रत्याशीहरूले आफ्नो मतदान केन्द्रबाट भोट हालेका छन्। अटेरी अभियानका तर्फबाट पोखरा महानगरको प्रमुख पदका उम्मेदवार गणेश पौडेल पोखराको मझेरीपाटनस्थित रामेश्वरी माध्यमिक विद्यालयमा मतदान गरेका हुन्।

यस्तै, एमालेका प्रमुख पदका उम्मेदवार थापाले  पोखरा महानगरपालिका- १६ बाटुलेचौरस्थित बिन्दवासिनी माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका छन्। गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार उठेका धनराज आचार्यले पनि मतदान गरिसकेका छन्। उनले पोखरा–३३ स्थित शान्ति उदय मावि मतदान केन्द्रमा मतदान गरेका छन्।

जिल्लाका १५० मतदानस्थलमा ३३६ वटा मतदान केन्द्र छन्। पोखरा महानगरपालिकामा ९८ मतदानस्थल र २४२ मतदान केन्द्र, अन्नपूर्ण गाउँपालिकामा १५ मतदानस्थल र २६ मतदान केन्द्र, माछापुच्छ्रे गाउँपालिकामा १२ मतदानस्थल र २५ मतदान केन्द्र, मादीमा १७ मतदानस्थल र २५ केन्द्र तथा रुपा गाउँपालिकामा आठ मतदानस्थलमा १८ मतदान केन्द्र तोकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.