|

डडेल्धुरा : प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचनमा मतदान गरेका छन्। गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ रूवाखोला स्थित असिग्राम मावि मतदान केन्द्रमा मत खसालेका हुन्।

धनगढीबाट हेलिकप्टरबाट आएर यहाँ बिहान ९ बजेर ५५ मिनेटमा मतदान गरेका हुन्। देउवाले यसै विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरेका थिए। २००३ सालमा जन्मिएका देउवाले कक्षा ३ सम्मको प्रारम्भिक शिक्षा तत्कालीन असिग्राम प्राविबाट लिएका थिए।

कक्षा ८ सम्म डडेल्धुरा सदरमुकामको महेन्द्र माविमा पढेका देउवाले कक्षा ९ र १० सम्मको पढाइ डोटीको जिजोडामाडौं उचाकोटमा रहेको सिताराम माविमा पूरा गरेका थिए। 

२०१९ सालमा एसएलसी पास गरेपछि देउवा उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.