|

धनकुटा  : मतदान प्रक्रियाको विषयमा लोकतान्त्रिक गठवन्धन र नेकपा एमालेका प्रतिनिधिबीच विवाद हुँदा सहिदभूमि गाउँपालिका वडा नं. ६ स्थित ठाकुरदेवी मावि र ६ नं. वडा कार्यालय मतदान स्थलका तीन वटै केन्द्रको मतदान प्रक्रिया स्थगित भएको छ।

मतदान प्रक्रियाको विषयमा दुवै पक्षवीच भएको विवादले केहि समयको लागि मतदान कार्य स्थगित गरिएको मतदान केन्द्र–क का मतदान अधिकृत गणेश एडीले बताए।

उनका अनुसार भित्र मतदान कार्य शान्तिपूर्ण वातावरणमा चलिरहेको थियो। वाहिरको वातावरण होहल्ला र हुलदंगा भएको खवर सुनियो। सुरक्षाकर्मीहरु नियन्त्रणमा लिएपछि स्थगित भएको हो। स्थगित हुनुभन्दा अघिसम्म तीन वटै केन्द्रमा २० प्रतिशत भोट खसेको थियो।

एमालेका वडाअध्यक्षका उम्मेदवार हेमकुमार राईले हातपात गरेपछि गठबन्धनका रामप्रसाद राई र गणेश राईलाई हातपात गरेपछि विवाद भएको बताइएको छ। मतदानस्थलमा अशक्त मानिसको मत एक जनाले मात्र हाल्ने भनिएता पनि एक जनाले ४ जना अशक्तको मत लगाएपछि विवाद भएको हो।

जिल्ला निर्वाचन अधिकारी जयराम श्रेष्ठले पनि अशक्तको मत हाल्ने क्रममा विवाद भएको जानकारी दिए।

धनकुटाका प्रहरी प्रवत्ता डिएसपी चिरञ्जीबी दाहालले केही विवाद आएर छलफल भइरहेको र केही समयमा मतदान सुचारु हुने जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.