|

इलाम : इलाममा एक सय ११ वर्षीया ज्येष्ठ नागरिकले मतदान गरेकी छिन्। सूर्योदय नगरपालिका–१४, बतासेस्थित सरस्वती मावि केन्द्रमा विष्णुमाया अधिकारीले मतदान गरेकी हुन्। 

फोटोसहितको मतदाता नामावली अनुसार विष्णु मायाको जन्ममिति १९६९ चैत १० हो। त्यस्तै फाकफोकथुम गाउँपालिकामा पनि १ सय २ वर्षीय महिलाले मतदान गरेकी छन्।

फाकफोकथुम गाउँपालिका–१ को जनज्योति आधारभूत विद्यालय केन्द्रमा जसरानी लिम्बुनीले मतदान गरेकी हुन्। नागरिकताको प्रमाणपत्र अनुसार उनको जन्म मिति १९७६ असार २ गते हो। निर्वाचन आयोगले तोकेको पूर्व-निर्धारित समय पाँच बजिसकेको हुनाले मतदान प्रक्रिया सकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.