|

विराटनगर :  मोरङको सबै स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। मोरङका कुनै पनि स्थानीय तहमा अप्रिय घटना नभएको र शान्तिपूर्ण रुपमा नै निर्वाचन सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले जानकारी दिए।

उनका अनुसार मोरङमा ४ बजेसम्म ५५ प्रतिशत मतदान भयो। ‘अहिले नै यति मत खस्यो भन्न सकिँदैन, ४ बजेसम्म ५५ प्रतिशत मत खसेको हिसाब निस्किएको छ,’ उनले भने, ‘मतदान केन्द्रबाट आएको तथ्यांक फारम जोडेपछि मात्रै आधिकारिक डाटा दिन सक्छौं।’

विराटनगर महानगरपालिकाको मतगणनाको समय भने टुंगो नभएको उनले बताए। अन्य मतदान केन्द्रबाट मतपेटिका आइनसकेकाले एकिन समय भन्न नसकिएको उनले बताए।

‘सबै केन्द्रबाट मतपेटिका आइपुगेको छैन, मतपेटिका आइपुग्नुपर्‍यो, त्यसपछि सबै दलका उम्मेदवारहरूको सहभागितामा एउटा छलफल हुन्छ‚’ उनले भने, ‘त्यसपछि मतगणनाको  समय तोकेर सूचना निस्किन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.