|

बाजुरा : बाजुराका २ स्थानीय तहमा कर्फ्यु लगाइएको छ।

जिल्लाको बूढीनन्दा नगरपालिका - ७, ८, ९ र १० र बूढीगंगा नगरपालिका- २, ३, ४, ५ र ९ मा शुक्रबार राति ८ बजेदेखि शनिबार बिहान ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

मतदानको समयमा दिनभर तनावग्रस्त रहेका वडाहरूमा धनजनको क्षति हुनबाट जोगाउनका लागि कर्फ्यु आदेश जारी गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.