|

सुनसरी : सुनसरीको धरान उपमहानगरपालिकामा झण्डै ६३ हजार मत खसेको छ। २० वटा वडा रहेको धरानमा ६२ हजार ९ सय २८ मत खेसेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। 

धरानमा एक लाख ३ सय २४ जना मतदाता रहेका थिए। तर कुल मतदाताको ३७ हजार ३ सय ९६ जनाले भने मतदान गरेनन्। 

धरानको वडा नम्बर १ मा एक हजार ९ सय ८३, वडा नम्बर २ मा १४ सय ८२, वडा नम्बर ३ मा १९ सय ८९, वडा नम्बर ४ मा १७ सय ४८, वडा नम्बर ५ मा ४ हजार पाँच सय ३७, वडा नम्बर ६ मा ३ हजार ९ सय ४९, वडा नम्बर ७ मा १४ सय ५० वडा नम्बर ८ मा ४ हजार ७ सय ७६ वडा नम्बर ९ मा १६ सय ६८ र वडा नम्बर १० मा १८ सय ७५ जनाले मतदान गरेका छन्। 

यस्तै, वडा नम्बर ११ मा ५ हजार ५ सय ३, वडा नम्बर १२ मा १७ सय ३८, वडा नम्बर १३ मा ३ हजार ८ सय ५२, वडा नम्बर १४ मा २ हजार एक सय ३९, वडा नम्बर १५ मा ७ हजार ८ सय ७५, वडा नम्बर १६ मा ४ हजार ८ सय ३६, वडा नम्बर १७ मा ५ हजार ८ सय ७३, वडा नम्बर १८ मा १३ सय ४९, वडा नम्बर १९ मा २ हजार २ सय ८३ र वडा नम्बर २० मा २ हजार २३ जनाले मतदान गरेका छन्। 

मतदान अबेरसम्म सम्पन्न भएकाले भोलि मात्रै मतगणना हुने भएको छ। स्थानीय तह निर्वाचनका लागि धरानमा २८ वटा मतदान स्थल तोकिएको थियो। जसमा एक वटा अति संवेदनशील, १३ वटा संवेदनशील र १४ वटा सामान्य सूचीमा परेका थिए। धरानमा जम्मा एक सय ७ वटा मतदान केन्द्र रहेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.