|

काठमाडौं :  मतगणना हुनु पूर्व काठमाडौं महानगरपालिकाका मेयर प्रत्यासी केशव स्थापित राष्ट्रिय सभागृहमा आइपुगेका छन्। एमालेबाट उनी उम्मेदवार उठेका छन्।  

सभागृहमा सञ्चारकर्मीसँग कुरा गर्दै स्थापितले अन्य प्रत्यासी जित न्यून रहेको भन्दै आफ्नो जित सुनिश्चित रहेको बताए। 

शान्तिपूर्ण रूपमा मतदान सकिएको काठमाडौँ उपत्यकाका विभिन्न पालिकाका मतदानस्थलबाट अहिले धमाधम मतपेटिका संकलन भइरहेको छ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले काठमाडौँमा सम्भव भएका ठाउँमा आजै मतगणना सुरु गरिने तयारी रहेको  जानकारी दिए। उनका अनुसार मतपेटिका संकलन कार्य जारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.