|

भोजपुर : स्थानीय तहको निर्वाचनमा भोजपुर जिल्लामा ६१ प्रतिशत मत खसेको छ। कुल एक लाख २५ हजार ७०५ जना मतदाता मध्ये करिव ६१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
 

षडानन्द नगरपालिकामा ६५ दशमलव ४४, साल्पासिलिछो गाउँपालिकामा ६० दशमलव ४३, टेम्केमैयुङ गाउँपालिकामा ६२ दशमलव ०१, रामप्रसादराई गाउँपालिकामा ५९ दशमलव २४, हतुवागढी गाउँपालिकामा ५५ दशमलव ८१, आमचोक गाउँपालिकामा ५९ दशमलब ७९ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 

त्यस्तै, अरुण गाउँपालिका ६१ दशमलव २७ र भोजपुर नगरपालिका ६० दशमलब  २७ प्रतिशत मत खसेको छ। कार्यालयका अनुसार सबै भन्दा बढी षडानन्द नगरपालिकामा २१ हजार ७९७ जना र सबैभन्दा कम साल्पासिलिछो गाउँपालिकामा आठ हजार ७५४ जना मतदाता थिए। 

भोजपुर नगरपालिकामा १९ हजार ४९०, हतुवागढी गाउँपालिकामा १४ हजार १८० जना मतदाताको नामावली रहेको थियो। यस्तै, टेम्केमैयुङ गाउँपाकिलामा १३ हजार ६१८, अरुण गाउँपालिकामा १२ हजार ८३६, आमचोक गाउँपालिकामा १२ हजार ५४४, रामप्रसादराई गाउँपालिकामा ११ हजार ७७२ र पौवादुङमा गाउँपालिकामा १० हजार ७२५ जना मतदाता रहेका थिए। 

सबै स्थानमा मतदान सकिएपनि साँझ पख बर्षात भएको कारण मतपेटिका ल्याउन केहि कठिनाई भएको प्रमुख जिल्ला अधिकारी बासुप्रसाद कोइरालाले जानकारी दिए। भोजपुरको अरुण गाउँपालिकाको याकुमा बाहेक सम्पूर्ण ठाउँमा बिहान तोकिएको समयमा नै मतदान शुरु भएको प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए।

जिल्लाको सबै १६० ओटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको प्रहरीले जनाएको छ। अहिले जिल्लाको सबै स्थानीय तहमा मतपेटिका संकलनको काम भइरहेको छ। सर्वदलीय बैठक पश्चात मतगणनाको टुङ्गो लाग्ने जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.